मल्टीपर्पोज फिनान्सको साढे १५ लाख कित्ता बढी शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2021 | 08:55:10 AM मा प्रकाशित

laxmi  sunrise bank

मल्टीपर्पोज फिनान्स Multipurpose Finance Company Limited  ले साढे १५ लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ ।  कम्पनीले हकप्रदमा अवितरित संस्थापक समुहको १७ लाख ५९ हजार ६ सय २१ कित्ता शेयर लिलाम गर्न लागेको हो । 

इच्छुक बोलकबोलदाताले फागुन २८ गतेदेखि चैत्र १३ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर लिलाम प्रक्रियाको लागि सिभिल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।

 शेयरको न्युनतम मूल्य १०० रुपैयाँ अंकित गरिएकोले इच्छुक लगानीकर्ताले आवेदन दिँदा सो भन्दा बढी कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । 

आवेदन दिँदा न्युनतम १ हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्ने छन् । १० लाख कित्ता भन्दा बढीको लागि आवेदन दिँदा प्यान नम्बर अनिवार्य गरिएको छ । आवेदन दिनको लागि कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्व घोषणा विवरण, र  राष्ट्र बैंकले तोकेबमोजिमको फिट एण्ड प्रपर टेस्टको फारम पनि पेश गर्नु पर्ने छ। 

आवेदन फारम लिन र बुझाउनको लागि सिभिल क्यापिटल, फिनान्सको केन्द्रीय कार्यालय राजविराज, र सिभिल बैंकका बिराटनगर, बिरगंज, पोखरा, बुटवल, नेपालगंज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौडा, नारायणगढ तथा घोराही केन्द्र तोकिएका छन् ।

कम्पनीले ७६ साल असार २३ देखि १ः८.६४ को अनुपातले हुन आउने  ३५ लाख ८५ हजार २ सय ६४ कित्ता हकप्रद निष्काशन गरेको थियो ।  हाल कम्पनीको चुक्ता पुँजी ४ करोड १४ लाख रहेकोमा हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ४० करोड पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved