सारथी नेपाल लघुवित्तको लाभांश परिमार्जन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2021 | 12:55:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सारथी नेपाल लघुवित्तले लाभांश परिमार्जन गरेको छ । कम्पनीको फागुन १८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ सम्मको संचित मुनाफाबाट वितरण गर्न प्रस्ताव गरिएको लाभांशलाई परिमार्जन गरेको हो । राष्ट्र बैंकको निर्देशन अनुसार लाबहंश परिमार्जन गरिएको कम्पनीले जनाएको छ । 

जस अनुसार अब कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.१३ प्रतिशतले १ करोड ९१ लाख ५२ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.४२८२३३ प्रतिशतले हुन आउने १० लाख ८ हजार बराबरको नगद लाभांश गरि कुल ८.५५८२३३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  । कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । 

कम्पनीले यस अघि मर्जर पश्चात हाल कायम रहेको चुक्ता पुँजीको ९.११ प्रतिशतले हुन आउने २ करोड १४ लाख ४४ हजार ३ सय ५० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.४७९४ प्रतिशतले हुन आउने ११ लाख २८ हजार ६ सय ५० रुपैयाँ नगद लाभांश गरि कुल ९.५८९४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

हाल कम्पनीको चुक्ता पुँजी २३ करोड ५३ लाख ८६ हजार १ सय ५० रुपैयाँ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved