सिभिल लघुवित्तको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2021 | 08:28:40 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बिहिबार सिभिल लघुवित्त Civil Laghubitta Bittiya Sanstha को शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज फागुन २० गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।

कम्पनीको ३.५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ९६६ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य १००० थियो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २० गते बुक क्लोज गर्ने निर्णय गरेको ले आज फागुन १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन्  ।

कम्पनीले चैत्र ५ गते बिहिबार त्रिपुरेश्वरमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हकप्रदपछि हाल कायम चुक्ता पुँजीको ३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.१८४२१ प्रतिशत नगद गरि कुल ३. ३.६८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी २३ करोड ३९ लाख ३३ हजार ७ सय रहेको छ । 

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, संचालकको निर्वाचन गर्ने, यस अघि नियुक्त गरिएका संचालकको नियुक्ति अनुमोदन गर्ने, र प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्नु परेको खण्डमा सो को अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छन्  । 

  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved