नेपाल टेलिकमको साधारणसभा आव्हान, बुक क्लोज कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2021 | 09:00:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकम Nepal Doorsanchar Company  ले साधारणसभा आव्हान गरेको छ । कम्पनीले चैत्र १३ गते शुक्रबार आर्मी अफिसर्स क्लब टुडिखेलमा सभा आह्वान गरेको हो । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले  आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  ४० प्रतिशत अर्थात् प्रति शेयर ४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।  

त्यस्तै सभामा संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन र अन्य वित्तीय विवरणहरु छलफल गरि पारित गर्ने, लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, सर्बसाधारण समुहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छ ।  त्यस्तै सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पेश हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २८ देखि चैत्र १३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।  फागुन २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved