महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले साधारणसभा आह्वान गरेको छ। बैंकले चैत्र १३ गते शुक्रबार बैंक कै रजिस्टर्ड कर्यालयमा सभा आह्वान गरेको हो।
सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट ८.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४६ प्रतिशत नगद गरि कुल ९.२६ प्रतिशत लाभांश घोषणा गरेको छ। साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ ।
त्यस्तै सभामा बैंकको संस्थापक र सर्बसाधारण शेयर स्वामित्व परिवर्तन गरेर ५१:४९ कायम गर्ने, संचालक समितिको बैठक विद्युतीय माध्यमबाट बस्ने सक्ने गरि नियमावलीमा आवश्यक ब्यबस्था गर्ने, प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने , नियामक निकायबाट थप निर्देशन भएमा प्रबन्धपत्र वा नियमावली आवश्यक संशोधन गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ ।
त्यस्तै सभामा बैंकको सहायक कम्पनी स्थापना गरि थप सेवा प्रवाह गर्ने र सहायक कम्पनी मार्फत लगानी गर्ने प्रस्ताव पनि पेश हुने छ । त्यस्तै सभाले मर्जर वा प्राप्तिमा जानको लागि सम्पूर्ण निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पारित गर्ने छ ।
बैंकले साधारणसभा प्रयोजनको लागि चैत्र ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।