सिर्जना फाइनान्सको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2021 | 09:48:57 AM मा प्रकाशित

laxmi  sunrise bank

सिर्जना फाइनान्स Srijana Finance Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र १४ गते शनिवार बिराटनगरको उद्योग संगठनको सभाकक्षमा सभामा आह्वान गरेको हो।

सभामा लाभांश सहितका विभिन्न प्रस्तावपेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको १३.५९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद गरि कुल १४.२७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा  वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ८४ करोड ७८ लाख रहेको छ । 

त्यस्तै सभामा  प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, कम्पनीको पुँजी संरचनालाई परिवर्तन गरी संस्थापक र सर्बसाधारणको शेयर अनुपात ५२:४८ कायम गर्ने, नियामकबाट थप निर्देशन भएमा सोहि अनुसार प्रबन्धपत्र र नियमावलीमा सम्श्दोहन गर्ने अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पेश हुने छ ।  सभामा वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन पारित गर्ने, अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन्  ।  

कम्पनीले साधारणसभा प्रयोजनको लागि चित्र १ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ  ।  फागुन २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved