डिप्रोक्स लघुवित्तको लाभांश स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2021 | 10:39:04 AM मा प्रकाशित

नेपाल राष्ट्र बैंकले डिप्रोक्स लघुवित्त Deprosc Laghubitta Bittiya Sanstha को लाभांश स्वीकृत गरेको छ।  साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई  वितरण गर्ने गरी राष्ट्र बैंकले फागुन २० गते लाभांश स्वीकृत गरेको  कम्पनीले जनाएको हो । 

कम्पनीले  आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved