महुली लघुवित्तको लाभांश स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2021 | 11:02:50 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले महुली लघुवित्तको लाभांश स्वीकृत गरेको छ। राष्ट्र बैंकले कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने गरि लाभांश स्वीकृत गरेको हो । 

कम्पनीको माघ २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशतल हुन आउने ३ करोड ७३ लाख २४ हजार बराबरको बोनस शेयर र १.०५  प्रतिशतले हुन आउने १९ लाख ५९ हजार ५ सय १० रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।सोहि प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको हो  ।

अब कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी १८ करोड ६६ लाख २० हजार रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved