सपोर्ट लघुवित्तको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2021 | 01:51:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सपोर्ट लघुवित्त Support Microfinance Bittiya Sanstha  ले साधारणसभा आह्वान गरेको छ । कम्पनिले चैत्र २० गते साधारणसभा आह्वान गरेको हो ।  

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ६ गतेदेखि चैत्र २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र ५ गतेसम्म  कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् । 

सभामा अध्यक्षको वार्षिक प्रतिवेदन पेश गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन पेश गरि पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, सर्बसाधारण शेयरधनीको तर्फबाट १ जना संचालकको नियुक्ति गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

त्यस्तै सभामा मर्जर तथा प्राप्तिमा जानको लागि आवश्यक पर्ने सम्पूर्ण निर्णय गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पेश हुने छ । त्यस्तै सभामा  प्रदेश ३ मा रहेका ३ वटा शाखाहरु बिक्रि गर्ने वा बन्द गर्ने वा स्थानान्तरण गर्ने निर्णय गर्ने अधिकार संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ । त्यस्तै कम्पनीको प्रबन्धपत्र वा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामकबाट थप निर्देशन भए सोहि अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ ।  

कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved