४ वर्ष पुगेको अवसरमा एनआईसी एशिया क्यापिटलले ल्यायो यस्ता अफर, के के छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2021 | 06:09:42 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटल NIC Asia Capital सञ्चालनमा आएको ४ वर्ष पूरा भएको छ । चौंथो वर्ष पुरा गरेको अवसरमा क्यापिटलले लगानी व्यवस्थापन (Portfolio Management Service-PMS) सेवा लिँदै आएका सेवाग्राहीहरु, हितग्राही खाता खोली कारोवार गर्ने खातावालाहरु, सामूहिक लगानी योजनामा लगानी गरेका इकाईधनीहरु, शेयर रजिष्ट्रार सेवामा आवद्ध कम्पनीहरु तथा नियमक निकायहरु लगायत सम्पूर्ण सरोकारवालाहरुमा धन्यवाद दिएको छ । 

क्यापिटलले वार्षिक उत्सवको अवसरमा क्यापिटलबाट प्रदान गरिने सेवाहरुमा मिति २०७७ साल चैत्र मसान्तसम्म विशेष छुटका योजना पनि ल्याएको छ । 

१. priority services

“मेरो लागनी, मेरो भविष्य” अन्तर्गत सेवाग्राहीहरुलाई उच्च प्रतिफल वितरण गर्ने मुख्य उद्देश्यका साथ यो योजना संचालन गरिएको कम्पनीले जनाएको छ। यस योजना अन्तर्गत लगानी व्यवस्थापन सेवा लिने ग्राहकहरुले निम्न सेवा सुविधा प्राप्त गर्नेछन्ः 

(क) निःशुल्क वार्षिक सेवा शुल्क । 

(ख) एक्जिट शुल्क नलाग्ने ।

(ग) पोर्टफोलियोमा उच्च कोटिको सेवा र उच्चतम प्रतिफलका लागि Dedicated RM को व्यवस्था गरिएको । 

(घ) अनलाईन मार्फत आफ्नो लगानीको निगरानी गर्न सकिने व्यवस्था मिलाईएको ।

२ Share Clinic

क्यापिटलको चौंथो वार्षिक उत्सवको अवसरमा उक्त सेवा लिने पहिलो ५० जना सेवाग्राहीहरुलाई निःशुल्क Portfolio Screening & Analysis प्रदान गरिनेछ । जसअन्तर्गत पोर्टफोलियोमा कायम रहेका धितोपत्र/शेयरको इस्क्रिनिङ्ग गरि लगानीकर्ताको जोखिम बहन गर्ने क्षमता अनुरुप खरिद/बिक्री वा होल्ड गर्नको लागि परामर्श सेवा उपलब्ध गराईनेछ । साथै भौतिक रुपमा कायम शेयरहरुलाई अभौतिकीकरण गर्न समेत सहजिकरण गरिने व्यवस्था मिलाइएको छ । 

“एक नेपाली, एक डिम्याट” खाता अभियान अन्तर्गत ग्राहकहरुलाई विभिन्न छुट सहित सहज, सरल र उच्च ग्राहकमुखी सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ क्यापिटलले विशेष छुट सहित निम्न योजना संचालनमा ल्याएको छ । 

३ CASH BACK OFFER 

मर्चेण्ट बैंकहरुमै पहिलो पटक एनआईसी एशिया क्यापिटलले “cash back offer” संचालनमा ल्याएको छ । एनआईसी एशिया क्यापिटल र एनआइसी एशिया बैंकमार्फत डिम्याट खाता खोली कारोवार गर्दै आएका डिम्याट खातावालाहरुले धितोपत्र/शेयरको कारोवार गर्दा DP लाई बुझाउनु पर्ने शुल्कको २० प्रतिशत रकम वा अधिकतम रु.१०० सम्म cash back गरिदिने योजना संचालनमा ल्याएको छ । 

४.Online-NIC ASIA Student DeMat Account Sewa:

पछिल्लो समयमा डिम्याट खाता खोल्नेहरुमा विद्यार्थीहरुको संख्या बढ्दो क्रममा रहेको र विद्यार्थीहरुलाई थप प्रोत्साहन गरि छिटो–छरितो र सहजै  रुपमा डिम्याट खाता उपलब्ध गराउने मुख्य उद्देश्यका साथ क्यापिटलले “Online-NIC ASIA Student DeMat Account Sewa” संचालन गरेको छ । यस सेवा अन्तर्गत विद्यार्थीहरुले निम्न सुविधाहरु प्राप्त गर्नेछन् । 

(क) निःशुल्क डिम्याट खाता तथा पहिलो वर्षको खाता संचालन शुल्क छुट ।

(ख) निःशुल्क मेरो शेयर खाता ।

(ग) तुरुन्तै डिम्याट खाता उपलब्ध हुने । 

(घ) डिम्याट नम्बर SMS मार्फत मोवाईलमै उपलब्ध गराईने ।

(ङ) धितोपत्र खरिद/बिक्री कारोवारको जानकारी sms मार्फत गराईने । 

(च) २० प्रतिशत Cash Back Offer-DIS/EDIS  शुल्क ।

५. ४ मा ५OFFER

डिम्याट खाता तथा मेरो शेयर खाता हरेक वर्ष नविकरण गरिराख्नु पर्ने भएकोले उक्त झन्झटबाट मुक्त हुनुको साथै लामो समयसम्म विदेशमा बस्नुपर्ने तथा देशको ग्रामिण क्षेत्रमा बसोबास गर्ने खातावालाहरुलाई विशेष लाभ पु¥याउने मुख्य उद्देश्यका साथ यस क्यापिटलले ४ मा ५ अफर संचालनमा ल्याएको छ । यस अफर अन्तर्गत डिम्याट खाता खोल्ने ग्राहकहरुले निम्न सुविधाहरु प्राप्त गर्नेछन् ।

(क) खाता खोल्दा लाग्ने शुल्क छुट । 

(ख) ४ वर्षको डिम्याट खाता नविकरण शुल्क भुक्तानी गर्दा १ वर्षको शुल्कमा छुट ।

(ग) ४ वर्षको मेरो शेयर निवकरण शुल्क भुक्तानी गर्दा ५ वर्ष सम्म ढुक्कसँग मेरो शेयर खाता संचालन गर्न मिल्ने । 

(घ) तुरुन्तै डिम्याट खाता उपलब्ध हुने । 

(ङ) डिम्याट नम्बर sms मार्फत मोवाईलमै उपलब्ध गराईने ।

(च) धितोपत्र खरिद/बिक्री कारोवारको जानकारी sms मार्फत गराईने । 

(छ) २० प्रतिशत Cash Back Offer-DIS/EDIS शुल्क ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved