
नेपाल धितोपत्र बोर्डले वार्षिकोत्सवमा प्रकाशित हुने विशेषांकमा छाप्नको लागि लेख रचना पठाउन आग्रह गरेको छ । बोर्डले धितोपत्र बजार, पुँजी बजार, मुद्राबजार तथा अर्थतन्त्रसँग सम्बन्धित,तथ्यपरक लेख रचना पठाउन आग्रह गरेको हो ।
बोर्डले लेख रचना कम्तिमा १५ सय शब्द हुनु पर्ने र नेपाल वा अंग्रेजी माध्यममा हुन् सक्ने जनाएको छ । बोर्डले [email protected] मा बैशाख मसान्त भित्र लेख रचना पठाउन आग्रह गरेको हो।
पठाउने रचना अन्यन्त्र प्रकाशित नभएको र प्रकाशनको लागि नपठाईएको हुनु पर्ने बोर्डले जनाएको छ ।