रिभर फल्सले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2021 | 01:10:43 PM मा प्रकाशित

laxmi  sunrise bank

रिभर फल्स पावर लिमिटेडले आईपिओ निष्काशन गर्नको लागि बिक्रि प्रबन्धक चयन गरेको छ ।  कम्पनीले शेयरको सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नियुक्ति सम्झौतामा रिभर फल्स पावरका तर्फबाट सञ्चालक मित्र लाल श्रेष्ठ तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् । कम्पनीले सर्वसाधारणलाई ३४ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । 

रिभल फल्स पावरले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved