नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार १ वाणिज्य बैंक र १ विकास बैंकको गरि २ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ । मंगलबार एनएमबि बैंक र ज्योति विकास बैंकको गरि कुल २ करोड २२ लाख ७७ हजार ३ सय ७२ दशमलव ३ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
आज एनएमबि बैंकको १३ प्रतिशतले हुन आउने १ करोड ८७ लाख ८२ हजार ७८ दशमलव ८६ कित्ता बोनस शेयर र ज्योति विकास बैंकको १० प्रतिशतले हुन आउने ३४ लाख ९५ हजार २ सय ९३ दशमलव ४४ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएसंगै लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।