नागरिक लगानी कोषको ४ लाख ६८ हजार कित्ता शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2021 | 08:37:02 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited ले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष Citizen Investment Trust  को साढे ४ लाख कित्ता बढी संस्थापक शेयर लिलाम गर्ने भएको छ । बैंकले कोषको ४ लाख ६८ हजार ८ सय २८ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो ।

लिलामीको शेयरमा चैत्र ३ गते देखि चैत्र १७ गतेसम्म आवेदन दिन सकिने छ। यस लिलाममा बिध्यमान संस्थापक, वा जो कोहि कम्पनी, व्यक्ति , वा संस्घ, संस्थाले आवेदन दिन सक्ने छन् । 

कम्पनीले यी शेयरको न्युनतम मूल्य प्रति कित्ता १५ सय २ रुपैयाँ ५० पैसा कायम गरेकोले आवेदन दिनेले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । आवेदन दिँदा न्युनतम १०० कित्ता र अधिकतम पुरै शेयरको लागि आवेदन दिन सकिने छ । सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । 

शेयर लिलाम प्रक्रियाको लागि एनआईबिएल एस क्यापिटल प्रबन्धक रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved