कसरी संचालन हुने भयो किनेकै दिन शेयर बेच्ने 'डे ट्रेडिङ' बजार ? प्रतिवेदन अन्तिम चरणमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 10, 2021 | 11:44:09 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले 'डे ट्रेडिङ' अर्थात अन्तर्दिवसीय कारोबारको सम्भावनाको अध्ययन अन्तिम चरणमा पुर्याएको छ । नेप्सेले यस विषयमा अध्ययन गर्न कायम मुकायम सहायक प्रबन्धक मुराहरी पराजुलीको संयोजकत्वमा ५ सदस्यीय कमिटी गठन गरेको थियो। उक्त कमिटीले अध्ययनलाई अन्तिम रुप दिदै प्रतिवेदन पेश गर्ने तयारी गरेको हो 

प्रतिवेदनमा अन्तर्दिवसीय कारोबार, शेयर सापटी लिनेदिने तथा अक्सन मार्केट संचालनको अवधारणाबारेको सम्भाव्यता आँकलन गर्ने, त्यस्तै कार्यान्वयन गर्न के के आवश्यक पर्छ भन्ने बारे सुझाव समावेश हुने कमिटिले जनाएको छ 

कसरी हुन्छ अन्तर्दिवसीय कारोबार ?

हालसम्म नेपालमा अन्तर्दिवसीय कारोबार संचालनमा छैन । हाल बजारमा भईरहेको किनबेचमा शेयरको स्वामित्व नै परिवर्तन हुन्छ । तर अन्तर्दिवसीय कारोबारमा भने शेयरको स्वामित्व परिवर्तन हुदैन । यस किसिमको बजारमा लगानीकर्ताको कारोबार एक दिनमा सिमित हुन्छ । उनीहरुको लक्ष्य एक दिन मै सस्तोमा शेयर किन्ने र सोहि दिन महँगोमा बेच्ने हुन्छ । शेयरको मूल्यमा हुने उतारचढावमत लगानीकर्ताले नाफा कमाउछन् । यसमा संलग्नहरुलाई शेयर नामसारी गर्ने, लाभांश पाउँने, साधारणसभामा भाग लिने , मतदान गर्ने लगायतका अधिकार हुदैन 

उदाहरणको लागि यदि कुनै लगानीकर्तालाई आज बजार बढ्छ वा कुनै कम्पनीको मूल्य बढ्छ भन्ने लाग्यो भने उसले त्यस कम्पनीको शेयर बिहान कारोबार सुरुहुँदा नै खरिद गर्छ । उसको अनुमान अनुसार नै बजार बढेमा उसले आफुलाई लागेको उच्चतम बिन्दुमा सोहि दिन नै त्यो शेयर बेच्छ । खरिद गर्दा र बिक्रि गर्दाबीचको अन्तर नै उसको नाफा हो । किनेको शेयर खरिद गरेपछि उसको दायित्व यहि सकिन्छ । 

तर यदि उसले बिहान शेयर खरिद गर्यो, तर उसको अनुमान विपरित शेयर मूल्य घट्यो भने उसलाई त्यो शेयर बेच्दा घाटा हुन जान्छ । तर कारोबार एक दिन मै समाप्त गर्नु पर्ने हुँदा उसले खरिद गरे बराबरको शेयर बिक्रि गर्नु पर्ने नै हुन्छ । यस्तो अवस्थामा उ सँग २ वटा विकल्प रहन्छ । एउटा घाटा मै शेयर बेचेर आफ्नो दायित्व सकेर बाहिरिने । दोस्रो घटेको मूल्यमा शेयर सापटी लिएर त्यसलाई बेचेर बाहिरिने । शेयरको सापटी सेवा दिनको लागि नियामकले निश्चित मापदण्ड तोकेर मध्यस्तकर्ताहरुलाई अनुमति दिएको हुन्छ । उनीहरुबाट शेयर सापटी लिएर लगानीकर्ताले आफ्नो दायित्व पुरा गर्न सक्छन् । 

तर यदि सापटी सेवा दिने मध्यस्तकर्तासँग पनि सापटी दिनको लागि शेयर नभएमा लगानीकर्ताले अक्सन मार्केटबाट शेयर खरिद गरेर आफ्नो दायित्व पुरा गर्नु पर्छ । यदि उसले अक्सन मार्केटमा पनि शेयर पाउँन नसकेमा भने उसले दायित्व पुरा गर्न नसकेकोमा क्षतिपूर्ति अर्थात् जरिवाना तिर्नु पर्छ । जुन अहिलेको क्लोज आउटको अवधारणा जस्तै जस्तै हो । 

यसरी अन्तर्दिवसीय कारोबारमा शेयर खरिद गरेकै दिन बिक्रि गरि सक्नु पर्छ भने बिक्रि गरेकै दिन खरिद गरिसक्नु पर्छ । तर यस प्रणाली अन्तर्गत अहिले बजारमा खरिद गरिएको शेयर र अहिले बजारमा खरिद बिक्रि हुने मूल्यमा शेयर खरिद बिक्रि हुने होइन । अन्तर्दिवसीय कारोबारको लागि कुन कम्पनीको शेयर मूल्य कतिसम्म हुने भन्ने विषय नियामकले तोक्ने छ  । अन्तराष्ट्रिय अभ्यास हेर्दा अन्तर्दिवसीय कारोबारको लागि शेयर मूल्य दोस्रो बजारमा कायम रहेको शेयरको मूल्यको ५ प्रतिशतसम्म हुन सक्ने छ। अर्थात् कुनै कम्पनीको शेयर मूल्य बजारमा १ हजार रुपैयाँ छ भने अन्तर्दिवसीय कारोबारको लागि त्यस कम्पनीको शेयर मूल्य ५० रुपैयाँ रहन्छ । सोहि कारण अन्तर्दिवसीय कारोबारमा ठुलो परिणाममा कारोबार हुने गर्दछ।

अन्तर्दिवसीय कारोबारको लागि धितोपत्र सापटी लिनेदिने र अक्सन मार्केट एकअर्कामा अन्तरआवद्द विषय हो। कुनै एउटा संरचना भएन भने अर्कोले काम गर्न सक्दैन । 

हाल लगानीकर्ताले कारोबार गर्दा टिएमएसमा प्रोडक्ट टाईपमा CNC अर्थात् cash and carry भन्ने देखिन्छ । जसको अर्थ धितोपत्रको स्वामित्व ग्रहण हुने हुन्छ ।  तर अन्तर्दिवसीय कारोबारमा भने प्रोडक्ट टाइपमा MIS अर्थात् margin intraday squareoff हुँने हुन्छ । जसको अर्थात् धितोपत्रको स्वामित्व ग्रहण नहुने र त्यसको दायित्व सोहि नै मिलान हुने भन्ने बुझिन्छ  । 

यसको लागि हाल भएको कारोबार प्रणाली जस्तै सिङ्गो रुपमा छुट्टै संरचना चाहिन्छ । कारोबार टिएमएसबाट हुने भएपनि ब्रोकर, राफसाफकर्ता, धितोपत्र सापटी लिनेदिने मध्यस्तकर्ता, अक्सन मार्केट लगायतको छुट्टै संरचना चाहिन्छ।  अन्तर्दिवसीय कारोबारमा विभिन्न देशले आफु अनुकुल नियम अनुसार अन्तर्दिवसीय बजार संचालन गरेका छन्  । नेपालमा पनि कस्तो हुन्छ भन्नेबारे नियम बनेर कार्यान्वयनमा नआउँदासम्म भन्न कठिन छ  । तर मुख्य विशेषता भने समान नै रहन्छ  ।

हालको धितोपत्र समबन्धि ऐनमा अन्तर्दिवसीय कारोबारको ब्यबस्था छैन ।  सोहि कारण यो ब्यबस्था गर्नको लागि ऐन नै संशोधन गर्नु पर्छ  । यसको लागि धितोपत्र ऐन २०६३ मात्र नभई, धितोपत्र सूचीकरण तथा कारोबार नियमावलिई २०७५, धितोपत्र कारोबार संचालन नियमावली २०७५, धितोपत्र व्यबसायी नियमावली २०६४, धितोपत्र राफसाफ तथा फर्स्योट विनियमावली, लगायतका ऐन कानुन पनि संशोधन गर्नु पर्ने देखिन्छ  । 

कमिटिले केहि दिन भित्र प्रतिवेदन बुझाएपछि नेप्से संचालक समितिले यसबारे निर्णय गर्ने छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved