ज्योति लाइफको आईपिओले रच्यो इतिहास, कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2021 | 06:03:33 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाइफ इन्स्योरेन्स Jyoti Life Insurance Company ले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओमा हालसम्म कै बढी आवेदन परेको छ । कम्पनीको आईपिओमा आवेदन दिने अन्तिम दिन आज साँझ सम्ममा १८ लाख ४ हजार ६ सय ४८ जना आवेदकबाट  ३ करोड ८० लाख ५७ हजार ६ सय १० कित्ताको लागि आवेदन परेको  छ । 

शुक्रबारबाट खुलेको कम्पनीको आईपीओमा शुक्रबार नै २ लाख ८८ हजार ५५५ आवेदकबाट ७३ लाख ८५ हजार ५९० कित्ताको लागि आवेदन परेको थियो । लगानीकर्ताको संख्याको हिसाबमा कुनै पनि आईपिओमा साढे १६ लाख बढीको आवेदन परेको यो नै पहिलो पटक हो । यस अघि महिला लघुवित्तको आईपिओमा १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका थिए ।  

सीआश्वा सदस्यहरुले राति १२ बजेसम्म आवेदन इन्ट्री गर्न सक्ने र आवेदन भेरीफाई हुने क्रम मै रहेकोले आवेदकको संख्या केहि तल माथि हुन सक्ने छ  ।   ज्योति लाइफले फागुन २१ गतेदेखि १०० अंकित दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषहरुलाई र ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई सुरक्षित गरिएको थियो । 

बाँकि रहेको ५९ लाख ४० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्।   लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने ब्यबस्था थियो । फागुन २४ गते महिला दिवस र २२ गते शनिवारको सार्वजनिक विदा परेकोले कम्पनीको आईपिओ कुल ६ दिन बिक्रि खुला रहने हो । 

आईपिओ निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved