सिक्लेस हाइड्रोले आईपिओ निष्काशन गर्ने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2021 | 08:10:06 AM मा प्रकाशित

laxmi  sunrise bank

सिक्लेस हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ  कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई आईपिओ निष्काशन प्रस्ताव सहित साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले चैत्र २२ गते आइतबार पोखराको टेम्पल ट्री रिसोर्टमा सभा आव्हान गरेको हो । सभामा आईपिओ निशाक्ष्ण सहित अन्य प्रस्ताव पेश हुने छ । सभामा २०७७ असार मसान्तसम्म कायम मुनाफाबाट चुक्ता पुँजीको ३.६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश हुने छ । 

त्यस्तै सभामा  प्रबन्धपत्र नियमावलिईमा आवश्यक संशोधन गर्ने, अध्यक्षको प्रतिवेदन पेश गर्ने, लेखापरिक्षक प्रतिवेदन पेश गर्ने, र आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

कम्पनीले कास्की जिल्लामा १३ मेगावाट क्षमताको मदक्यू खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि २०७४ चैत्रदेखि विद्युत उत्पादन गरिरहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved