३ लघुवित्त सहित ४ कम्पनीको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2021 | 08:59:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ४ कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।  नेप्सेमा सबैको लघुवित्त, स्वाबलम्बन लघुवित्त, सिर्जना फाइनान्स, र महिला सहयात्रा लघुवित्तको शेयर मूल्य समायोजन भएको हो  

यी कम्पनीले साधारणसभा प्रयोजनको लागि आज फागुन २८ तथा चैत्र १ मा बुक क्लोज गर्ने निर्णय गरेकोले सोहि अनुसार मूल्य समायोजन भएको हो । फागुन २६ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  

महिला सहयात्राको १० प्रतिशत बोनसमा मूल्यमा समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य ११४५ कायम भएको छ । त्यस्तै स्वाबलम्बन लघुवित्तको १९.०१ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य १६६५ कायम भएको छ । सिर्जना फाइनान्सको १३.५९ प्रतिशत बोनसमा  मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य १८५ कायम भएको छ । त्यस्तै सबैको लघुवित्तको १०.५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य १२ सय २९ कायम भएको छ ।  

महिला सहयात्राले १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ  । कम्पनीले चैत्र १८ गते साधारणसभा आह्वान गरेको छ  । सिर्जना फाइनान्सले १३.५९ प्रतिशत बोनस र ०.६८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ  । कम्पनीले चैत्र १४ गते साधारणसभा आह्वान गरेको छ  । 

त्यस्तै स्वाबलम्बन लघुवित्तले १९.००५६ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ  । कम्पनीले चैत्र ११ गते साधारणसभा आह्वान गरेको छ  ।  त्यस्तै सबैको लघुवित्तले १०.५० प्रतिशत बोनस र ०.५५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ  । कम्पनीले चैत्र १४ गते साधारणसभा आह्वान गरेको छ  । 

साधारणसभाले पारित गरेपछि बुक क्लोज मिति अघि कायम कायम शेयरधनीले यी लाभांश पाउन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved