प्रिमियर इन्स्योरेन्सको साधारणसभा मिति तय, बुक क्लोज कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2021 | 12:37:58 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियर इन्स्योरेन्स Premier Insurance Company  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र २३ गते साधारणसभा आह्वान गरेको हो ।

कम्पनीको सभामा  लाभांश सहितका विविध प्रस्ताव पेश हुनेछन् । कम्पनीले  आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट कर सहित हाल कायम चुक्ता पुँजीको ११.०५ प्रतिशतको दरले हुन आउने ११ करोड ८७ लाख ६७ हजार १ सय ५८ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्ताव  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड ४५ लाख ६० हजार रहेको छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ११ देखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved