ग्लोबल आईएमई बैंकको ऋणपत्र बिक्रि खुला, कति पाइन्छ ब्याज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2021 | 08:33:09 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई बैंक Global IME Bank Limited  ले आज चैत्र १ गतेबाट ऋणपत्र बिक्रि खुला गरेको छ । बैंकले प्रति ऋणपत्र १ हजारको दरले ३ अर्बले हुन आउने ३ अर्ब बराबरको ऋणपत्र निष्काशन गरेको हो ।

जस मध्ये १८ लाख कित्ताले हुन आउने १ अर्ब ८० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकि १२ लाख कित्ताले हुन आउने १ अर्ब २० करोड बराबरको ऋणपत्र सर्बसाधारणको लागि निष्काशन गरिएको हो । सर्वसाधारणलाई छुट्याईएको १२ लाख कित्ता मध्ये ६० हजरा कित्ता सामुहिक लगानी कोषहौरलाई छुट्याईएको छ ।

इच्छुक लगानीकर्ताले न्युनतम २५ कित्ता र अधिकतम १० लाख कित्तासम्मको लागे आवेदन दिन सक्ने छन् । १० वर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्तालाई बैंकले वार्षिक ८.५ प्रतिशतको दरले ब्याज प्रदान गर्ने छ ।

लगानीकर्ताले छिटोमा चैत्र ४ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेको खण्डमा चैत्र १६ गतेसम्म आवेदन दिन सक्ने छन् । ऋणपत्र निष्काशनको लागि सेन्चुरी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरोशेयरबाट आवेदन दिन सकिने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved