ग्रीन डेभलपमेन्ट बैंक Green Development Bank Limited ले साधारणसभा मिति तय गरेको छ । कम्पनीको फागुन २८ गते बसेको संचालक समितिको बैठकले चैत्र २८ गते साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले चैत्र १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्।
कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट ३.८० प्रतिशत बोनस शेयर र ०.२० प्रतिशत नगद लाभांश गरि कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।