हिमालयन बैंकको शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2021 | 05:05:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार हिमालयन बैंक Himalayan Bank Limited  को बोनस शेयर सुचिकृत भएको छ । बैंकको १४ प्रतिशतले हुन आउने १ करोड ३१ लाख २१ हजार १ सय ९४ कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएसंगै लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

बैंकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गरेको हो । यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी  १० अर्ब ६८ करोड ४४ लाख ८ सय २८ पुगेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved