निफ्राका सीईओ भन्छन्, ‘१० प्रतिशत लाभांश वितरण गर्ने क्षमता छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2021 | 06:26:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लण्डन स्टक एक्सचेन्जमा बोन्ड जारी गर्ने भएको छ । निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै लण्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागिएको बताए । 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को ‘आर्थिक संवाद’ कार्यक्रममा उनले भने, “चालु आर्थिक वर्षभित्रै लण्डन स्टक एक्सचेञ्जमा सूचिकृत हुने गरी ३० मिलियन डलरको बन्ड जारी हुँदैछ, नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेका छौं ।”

उनले सो बोण्डका लगानीकर्ताले ८.५ प्रतिशत प्रतिफल पाउने दाबी गरे । लण्डनकै एक प्रसिद्ध संस्थाले ‘क्रेडिट र्यापिङ’ गरि बोण्ड जारी हुने र पाँच वर्षे अवधिको उक्त बोन्डबाट प्राप्त रकमलाई ठूला विकास पूर्वाधारमा लगानी गर्ने सीईओ खतिवडाको भनाई छ । उनले निफ्रामा रणनीतिक साँझेदार भित्र्याउने विषयमा पनि छलफल गरिरहेको बताएका छन् । 

“यो दीर्घकालिन प्रकृतिका पुर्वाधारमा लगानी गर्ने बैंक हो, एकै पटक धेरै होइन, दीर्घकालसम्म उचित प्रतिफल दिन्छौं” खतिवडाले भने । 

उनले अहिले पनि करिब १० प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको तर त्यस सम्बन्धी प्रक्रिया भने अघि नबढेको खतिवडाको भनाई छ । 

निफ्राले बैंक तथा वित्तिय संस्थाका लागि पनि बोण्ड जारी गर्ने तयारी गरिरहेको छ । वाणिज्य बैंकहरुले त्यस्तो बोण्ड खरिद गर्दा पुर्वाधारमा लगानी गरेको गणना हुने गरि बोण्ड तयार गरिएको छ । त्यस्तै, इन्स्योरेन्स बोण्डका बारेमा पनि छलफल अघि बढाएको छ । इन्स्योरेन्स कम्पनीहरुले त्यस्तो बोन्ड खरिद गर्दा पुर्वाधारमा लगानी गरे बराबर मान्यता दिइनेछ । विशेष गरि जीवन बीमा कम्पनीका लागि इन्स्योरेन्स बोन्ड केन्द्रित हुनेछ ।

नाफिज संवादमा अध्यक्ष मोदनाथ ढकालले आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि साप्ताहिक रुपमा संवाद कार्यक्रमलाई निरन्तरता दिने बताएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved