मर्जरमा जाने प्रस्ताव सहित नेशनल हाइड्रो पावरको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2021 | 08:28:07 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल हाइड्रो पावर कम्पनी National Hydro Power Company  ले मर्जमा जाने प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र २७ गते शुक्रबार साधारणसभा आह्वान गरेको हो 

सभामा कम्पनीले अन्य हाइड्रोपावरलाई गाभ्ने तथा गाभिने सम्बन्धमा सम्पूर्ण निर्णय गर्ने अधिकार संचालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पेश गर्ने छ । त्यस्तै सभामा लोवर इखुवा हाइड्रोपावरले आयोजना निर्माण गर्न लिएको ऋणमा कर्पोरेट ग्यारेन्टी बस्नेबारे संचालक समितिले गरेको निर्णय अनुमोदन गर्ने विशेष प्रस्ताव पेश हुने छ । सभामा नियमावली सम्शोधन प्रस्ताव पनि पेश हुने भएको छ 

साधारण प्रस्तावमा अध्यक्षको प्रतिवेदन पेश गर्ने, लेखापरिक्षक प्रतिवेदन र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने तथा चालु आर्थिक वर्षको लागि लेखापरीक्षक गरि निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन 

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १३ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved