रघुपति जुट मिल्सले माग्यो शेयरधनीहरुको ३ पुस्ते विवरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2021 | 09:13:17 AM मा प्रकाशित

laxmi  sunrise bank

रघुपति जुट मिल्सले शेयरधनीहरुको ३ पुस्ते विवरण माग गरेको छ ।  कम्पनीले शेयरवाला दर्ता कितावमा शेयरधनीको नाम, ठेगाना अध्यावधिक गर्नु पर्ने भएकोले सबै शेयरधनीहरुलाई ३ पुस्ते विवरण, ठेगना, टेलिफोन नम्बर उपलब्ध गराउन आग्रह गरेको हो । 

त्यस्तै कम्पनीले शेयर प्रमाणपत्र नम्बर र शेयर संख्याको विवरण समेत माग गरेको छ ।  कम्पनीले यी विवरण चैत्र मसान्त भित्र कम्पनीको मोरङ स्थित कार्यालयमा वा इमेल मार्फत पठाउन आग्रह गरेको छ ।   

कम्पनीले यहि चैत्र १३ गते २३ औ साधारणसभा समेत आह्वान गरेको छ । सभामा अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन पारित गरि छलफल गर्ने, र आर्थिक वर्ष ७७/७८ को लागि लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कम्पनीको १८ लाख ६ हजार ९ सय ६६ कित्ता शेयर सुचिकृत रहेको छ ।  तर कम्पनीको कारोबार भने हुने गरेको छैन ।  कम्पनीको अन्तिम कारोबार २०६७ साल जेठमा  भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved