शांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा आह्वान, मर्जरको अख्तियारी संचालक समितिलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2021 | 10:04:28 AM मा प्रकाशित

laxmi  sunrise bank

शांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र २३ गते लैनचौर स्थित लैनचौर ब्यांक्वेटमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने १३ करोड ३ लाख ३२ हजार २० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशतले हुन आउने  ६८ लाख ५९ हजार ५ सय ८० रुपैयाँ बराबरको नगद लाभांश गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको आगामी साधारणसभाले पारित गरेपह्चि लगानीकर्तामा वितरण हुने छ। हाल बैंकको चुक्ता पूँजी २ अर्ब ६० करोड ६६ लाख रुपैयाँ छ ।  

त्यस्तै सभामा  प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट प्रबन्धपत्र र नियमावलीमा  थप निर्देशन भएमा सोहि अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने, र मर्जर तथा एक्विजिसनबारे आवश्यक निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पेश हुने छन्।

साधारण प्रस्ताव अन्तर्गत अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन तथा अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, र बांकी अवधिको लागि गरिएको संचालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पेश हुने छ । 

बैंकले साधारणसभा प्रयोजनको चैत्र १० देखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र ९ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved