ग्रिन लाइफ हाइड्रोको शेयर सुचिकृत, कतिमा हुन्छ सुरुवाती कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2021 | 01:08:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा  ग्रिन लाइफ हाइड्रोको शेयर सुचिकृत भएको छ । सोमबार कम्पनीको १ करोड ८० लाख कित्ता शेयर शेयर सुचिकृत भएको हो ।

यस संगै मंगलबारबाट नेप्सेमा कम्पनीको शेयर कारोबार सुचारु हुने छ । कम्पनीको GLH सिम्बलबाट कारोबार हुने छ ।  कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले ९९.६७ देखि २९९.०१ सम्मको सुरुवाती रेन्ज तोकेको छ । यो रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको कारोबार खुल्न सक्ने छ। प्रि ओपन सेसनमा कारोबार भएपछि नियमित सेसनमा नियमित कारोबार हुने छ । नेप्सेले कम्पनीको सुरुवाती कारोबारको लागि नेट वर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ । 

कम्पनीले सर्बसाधारणलाई माघ २३ देखि  प्रति कित्ता एक सय रुपैयाँका दरले ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर बिक्रिमा राखेको थियो। बिक्रि खुला गरिएको मध्ये ६९ हजार ९२८ जना कित्ता हाइड्रोका कर्मचारीका लागि,१ लाख ७४ हजार ८२० कित्ता म्युचुअल फन्डको लागि र बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो।  सर्वसाधारणले २ करोड २६ लाख ९१ हजार ४ सय ९० कित्ताकोलागी आवेदन दिएका थिए।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको थियो । जस अनुसार ३ लाख २५ हजार १ सय ६५ जनाले समान १० कित्ता शेयर पाएका थिए ।  त्यस्तै यी मध्ये २० कित्ता देखि १० हजार कित्ताको लागि आवेदन दिएकाबाट २ जनाले थप १ कित्ता शेयर पाएका थिए । यस हिसाबमा २ जनाले ११ कित्ता शेयर पाएका थिए भने आवेदन दिएका मध्ये ९ लाख ९७ हजार ८ सय ६ जना आवेदक हात खाली भएका थिए । 

सर्बसाधारणलाई आईपिओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब असी करोड पुगेको छ। यस कम्पनिले दोलखा जिल्लाको गौरीशंकर गाँउपालिकामा बहने खानीखोलाहनापु खोला र नाप्के खोलाको पानी मिसाई ४० मेगावाट क्षमताको खानीखोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ   कम्पनीले २०७८ वैशाख देखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने लक्ष्य लिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved