महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलपरको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2021 | 08:25:51 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज चैत्र ३ गते २ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । आज महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited  र नेपाल हाइड्रो डेभलपर Nepal Hydro Developer  को मूल्य समायोजन भएको हो 

यी दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि आज चैत्र ३ गते बुक क्लोज गरेकोले आज मूल्य समायोजन भएको हो । चैत्र २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

महालक्ष्मी विकास बैंकको ८.८० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य २६९ कायम भएको छ ।समायोजन अघि कम्पनीको शेयर मूल्य २९३ थियो । 

त्यस्तै नेपाल हाइड्रो डेभलपरको १५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य ३२५ कायम भएको छ ।समायोजन अघि कम्पनीको शेयर मूल्य ३७४ थियो । 

नेपाल हाइड्रो डेभलपरले आर्थिक वर्ष ७६/७७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने ३ करोड ९० लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशतले हुन आउने २० लाख ५२ हजार ६ सय ३२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै कम्पनीले यस आर्थिक वर्ष ७४/७५ को मुनाफाबाट ४ प्रतिशत बोनस प्रस्ताव गरेकोमा साधारणसभा समेत हुन नसकेको र बुक क्लोज समेत नभएकोले सो समेत जोडेर १५ प्रतिशत लाभांश प्रस्ताव गरेको जनाएको छ । कम्पनीले चैत्र १७ गते एक साथ ३ वटा आर्थिक वर्षको साधारणसभा आह्वान गरेको छ । 

त्यस्तै  महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट ८.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४६ प्रतिशत नगद गरि कुल ९.२६ प्रतिशत लाभांश घोषणा गरेको छ। साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ ।  बैंकले चैत्र १३ गते शुक्रबार बैंक कै रजिस्टर्ड कर्यालयमा सभा आह्वान गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved