प्राइम कमर्शियल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2021 | 08:40:03 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्शियल बैंक Prime Commercial Bank Limited   ले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । 

ऋणपत्रमा छिटोमा चैत्र ३ गतेसम्म आवेदन दिन सकिने जनाईएकोमा अब म्याद थप भई चैत्र १३ गतेसम्म आवेदन दिन सकिने छ ।  यदि सो मिति अगावै पर्याप्त आवेदन परेमा त्यस अघि नै सार्वजनिक सूचना जारी गरेर बिक्रि बन्द हुने बैंकले जनाएको छ। 

बैंकले  १ हजार अंकित दरका ३५ लाख  कित्ता बराबरको ३ अर्ब ५० करोड रकम बराबरको ऋणपत्र निष्काशन गरेको हो । जस मध्ये १ अर्ब ४० करोड बराबरको ऋणपत्र सर्बसाधारणको लागि निष्काशन हुने छ भने २ अर्ब १० करोड बराबरको ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजि तवरबाट बिक्रि हुने छ । 

सर्बसाधारणको लागि छुट्याईएको मध्येबाट ५० हजार कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ। ८ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ८.७५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ 

ऋणपत्रमा आवेदन दिँदा न्युनतम २५ कित्ता र अधिकतम ५ लाख कित्ताको लागि आवेदन दिन सकिने छ  । आवेदन दिनको लागि छिटोमा चैत्र ४ गतेसम्म आवेदन दिन सकिने छ  ।  ऋणपत्र निष्काशनको लागि बैंकले आरबिबि मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved