ग्रीन डेभलपमेन्ट बैंकको साधारणसभा आह्वान, मर्जरको जिम्मा संचालक समितिलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2021 | 09:30:33 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्रीन डेभलपमेन्ट बैंक Green Development Bank Limited  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीको फागुन २८ गते बसेको संचालक समितिको बैठकले चैत्र २८ गते होटेल बाराही पोखरा लेकसाइडमा साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो । सभामा भर्चुअल माध्यमबाट पनि सहभागी हुन सकिने बैंकले जनाएको छ । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट ३.८० प्रतिशत बोनस शेयर र ०.२० प्रतिशत नगद लाभांश गरि कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

त्यस्तै सभामा  मर्जर तथा प्रतिको लागि संस्था छनौट गर्ने र उपयुक्त देखिएमा मर्जरको लागि सम्झौता गर्ने र अन्य आवश्यक कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पेश हुने छ । त्यस्तै लाभांशपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले सोहि अनुसार प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव सभामा पेश हुने छ । त्यस्तै नियामक निकायबाट प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न थप निर्देशन प्राप्त भएमा सोहि अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ । 

सभामा साधारण प्रस्ताव अन्तर्गत अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन तथा अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, र सर्बसाधारण समुहबाट २ जना संचालकको नियुक्ति गर्ने र स्वतन्त्र संचालक नियुक्त भएको जानकारी गराउने प्रस्ताव पेश हुने छ। 

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले चैत्र १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved