७ महिनामा २ खर्ब ९ अर्ब बराबरको धितोपत्र सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2021 | 05:52:35 PM मा प्रकाशित

laxmi  sunrise bank

७ महिनाको अवधिमा नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ खर्ब ९ अर्ब ४४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७÷७८ को सात महिनामा १ खर्ब ५० अर्ब बराबरको विकास ऋणपत्र, ३५ अर्ब ३७ करोड बराबरको साधारण शेयर, १३ अर्ब ७१ करोड बराबरको बोनस शेयर, ७ अर्ब बराबरको डिबेन्चर, २ अर्ब ७१ करोड बराबरको हकप्रद शेयर र ६५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल २ खर्ब ९ अर्ब ४४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको हो ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १० अर्ब ९३ करोड बराबरको साधारण शेयर, १० अर्ब ६४ करोड बराबरको डिबेन्चर, १ अर्ब ९६ करोड बराबरको हकप्रद शेयर र १ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड गरी कुल २५ अर्ब ३ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved