५० प्रतिशत बिक्यो सनराइजको ब्लूचिप फण्डको इकाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2021 | 06:19:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सन्राइज क्यापिटलले बिक्रीमा ल्याएको सन्राइज ब्लूचिप फण्डको दोस्रो दिनसम्म इकाई खरिदको लागि कुल इकाईको ५०.६ प्रतिशत इकाई बिक्री भएको छ ।क्यापिटलका अनुसार सोमबार साँझसम्ममा २२ हजार जना आवेदकहरुबाट कुल इकाईको ५०.६ प्रतिशत इकाई बिक्री भएको हो।

क्यापिटलले चैत्र १ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक सन्राइज बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिन छिटोमा २०७७÷१२÷०४ गते अर्थात अब दुई दिन बाँकी रहेको क्यापिटलले जनाएको छ । 

यस योजनाको प्रक्षेपित वार्षिक प्रतिफल २२.३८ प्रतिशत प्रक्षेपण समेत गरेकोले ढुक्क भएर लगानी गर्न क्यापिटलले आग्रह गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved