ग्लोबल आईएमई बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2021 | 08:18:06 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई बैंक Global IME Bank Limited  ले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । ऋणपत्रमा छिटोमा चैत्र ४ गतेसम्म आवेदन दिन सकिने भनिएकोमा पर्याप्त आवेदन नपरेपछि म्याद थप भएको हो  । 

अब लगानीकर्ताले चैत्र १६ गतेसम्म आवेदन दिन सक्ने छन् । सो अगावै पर्याप्त आवेदन परेमा त्यस अघि नै सार्वजनिक सूचना जारि गरेर बिक्रि बन्द गरिने बैंकले जनाएको छ। सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरोशेयरबाट आवेदन दिन सकिने छ ।

बैंकले चैत्र १ गतेबाट ऋणपत्र बिक्रि खुला गरेको छ । बैंकले प्रति ऋणपत्र १ हजारको दरले ३ अर्बले हुन आउने ३ अर्ब बराबरको ऋणपत्र निष्काशन गरेको हो ।जस मध्ये १८ लाख कित्ताले हुन आउने १ अर्ब ८० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकि १२ लाख कित्ताले हुन आउने १ अर्ब २० करोड बराबरको ऋणपत्र सर्बसाधारणको लागि निष्काशन गरिएको हो । सर्वसाधारणलाई छुट्याईएको १२ लाख कित्ता मध्ये ६० हजरा कित्ता सामुहिक लगानी कोषहौरलाई छुट्याईएको छ ।

इच्छुक लगानीकर्ताले न्युनतम २५ कित्ता र अधिकतम १० लाख कित्तासम्मको लागे आवेदन दिन सक्ने छन् । १० वर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्तालाई बैंकले वार्षिक ८.५ प्रतिशतको दरले ब्याज प्रदान गर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved