तिनाउ मिसनको साढे ४ लाख कित्ता बढी संस्थापक शेयर सर्बसाधारणमा परिणत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2021 | 06:28:00 PM मा प्रकाशित

laxmi  sunrise bank

तिनाउ मिसन डेभलपमेन्ट बैंक Tinau Mission Bikas Bank Ltd.  को ४ लाख कित्ता बढी संस्थापक शेयर साधारणमा रुपान्तरण भएको छ । बैंकको ४ लाख ४९ हजार ७ सय २८ कित्ता संस्थापक शेयर साधारणमा रुपान्तरण भएको हो ।

यी शेयर रुपान्तरण संगै बैंकको संस्थापक र सर्बसाधारणको शेयर स्वामित्व अनुपात ५१:४९ कायम भएको छ । 

तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई सिटिजन्स बैंकले गाभ्ने प्रक्रियामा रहेको छ । बैंकलाई सिटिजन्सले १००:९६ को स्वापमा गाभ्न लागेको हो । जस अनुसार, तिनाउ मिसन डेभलपमेण्ट बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९६ कित्ता शेयर पाउनेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved