मेरोशेयरको सर्भरको क्षमता बढाउन बोलपत्र आह्वान, ७ दिनभित्र सर्भर सेट गरि सक्नु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2021 | 02:00:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएस एण्ड क्लियरिङ (सिडीडिएससी) ले मेरोशेयरको सर्भर अपग्रेड गर्नको लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । कम्पनीले सर्भरको आपूर्ति तथा सेटअपको लागि प्रस्ताव आह्वान गरेको हो

सिडीएसले सर्भर  तत्काल आवश्यक पर्ने भएकोले सम्झौता भएको ७ दिनभित्र सर्भर दिन सक्ने कम्पनीलाई मात्र आवेदन दिन आग्रह गरेको छ। सिडीएसले मार्च २४ तारिखको १ बजेसम्म बोलपत्र पेश गर्न आग्रह गरेको छ । सिडीएसका अनुसार सोहि दिन दिउँसो २ बजे बोलपत्र खोलिने छ 

प्रयोगकर्ता बढेसंगै मेरोशेयरको सिस्टमले लोड नधान्ने समस्या बढेपछि सिडीएसले सर्भर अपग्रेड गर्न लागेको हो । विशेष गरि आईपिओ निष्काशन भएको बेलामा र आईपिओको नतिजा सार्वजनिक भएको बेलामा मेरोशेयरमा समस्या देखिने गरेको छ । ति समयमा प्रयोगकर्ताको संख्या बढेर वेबसाइट नै नखोल्ने समस्या देखिने गरेको छ । 

त्यसो हुँदा लगानीकर्ताहरुले आईपिओमा आवेदन दिन, नतिजा हेर्न , तथा बेचेको शेयरको ईडिआइएस अर्थात् शेयर ट्रान्सफर गर्न पनि कठिनाई भोग्दै आएका छन् । बेचेको शेयर ट्रान्सफर गर्न नसक्दा लगानीकर्ताहरु क्लोज आउटमा  समेत पर्दै आएका थिए ।  यिनै समस्याको समाधान गर्न सिडीएसले नयाँ सर्भर राख्न लागेको हो । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved