कुमारी इक्वीटी फण्डको इकाई बाँडफाँड, कसले कति पाए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2021 | 04:54:17 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी क्यापिटलले निष्काशन गरेको कुमारी इक्वीटी फण्डको इकाई बाँडफाँड भएको छ  । बिक्रि प्रबन्धक कुमारी क्यापिटलले आज बिहीबार इकाई बाँडफाँड गरेको हो  । 

फण्डमा आवेदन दिने ९४ हजार ७९४ जनामध्ये रितपुर्वक आवेदन दिएका ९४ हजार ७३३ जना (जसमा सर्बसाधारणबाट ९४ हजार ६६१ जना आवेदकहरुबाट ३,९२,३१,०१० इकाई र विभिन्न संघ संस्थाबाट ७५ संस्था ५,३९,२२,३०० इकाई) आवेदकहरुलाई इकाई बाँडफाँड गरिएको र दोहोरो आवेदन दिने ६१ जना आवेदकहरुको आवेदन रद्द गरिएको क्यापिटलले जनाएको छ। 

क्यापिटलका अनुसार १०० देखि २०,००,००० सम्म आवेदन गर्ने आवेदकहरुले माग बमोजिम नै इकाई पाएका छन् । २० लाख इकाई भन्दा माथिल्लो समूह अर्थात इकाई २५,००,००० देखि ५०,००,००० सम्म माग गरि दरखास्त दिने जम्मा ७ जना प्रत्येक आवेदकलाई २४,०६,६७० इकाई का दरले  जम्मा १६८४६६९० इकाई बाँडफाँड गरिएको छ। 

क्यापिटलले प्रति इकाई १० रुपैयाँको दरले ८ करोड इकाईहरु फागुन १४ १४ देखि २८ गतेसम्म निष्काशन  गरेको थियो। जसमा  १५ प्रतिशत विजपूँजी वापतको १,५०,००,००० इकाई कोष प्रवद्र्धक कुमारी बैंकलाई छुट्याईएको थियो ।  बाँकी रहेको ८,५०,००,००० इकाई आज बाँडफाँड गरिएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved