मेरो शेयर खाता नवीकरणको लागि ४ वटा सेवा प्रदायक थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2021 | 07:17:28 PM मा प्रकाशित

laxmi  sunrise bank

थप ४ सेवाप्रदायक मार्फत मेरोशेयर खाता र डिम्याट खाता नवीकरण गर्न सकिने भएको छ । सिडीएसले खल्ती, प्रभु पे, कनेक्ट आईपीएस र आईएमई पेलाई पनि प्रणालीमा आवद्द गराएर यी सेवा सेवा प्रदायक मार्फत पनि  मेरोशेयर खाता र डिम्याट खाता नवीकरण गर्न सकिने ब्यबस्था गरेको हो  ।

यस अघि ईसेवाबाट मात्रै स्वचालित रुपमा अर्थात् रियल टाइम मै खाता नवीकरण हुने गरेकोमा ४ वटा सेवा प्रदायकलाई पनि आवद्द गराईएको हो । यस संगै लगानीकर्ताले यी सेवा प्रदायक मार्फत पनि मेरो शेयर खाता र डिम्याट खाता नवीकरण गर्न सक्ने छन् । 

सिडीएसले गत साउन १ देखि ईसेवा मार्फत स्वचालित रुपमा खाता नवीकरणको सुविधा दिएको थियो । जसमा इसेवाबाट पैसा तिर्ना साथ सोहि समयमा नै मेरोशेयरको खाता नवीकरण हुने ब्यबस्था छ ।  अब भने खल्ती, प्रभु पे, कनेक्ट आईपीएस र आईएमई पे मार्फत पनि रियल टाइम मै खाता नवीकरण हुने छ ।

सिडीएसले ईसेवा बाट नवीकरणको सुविधा दिँदा नै एनसीएचएल, खल्ती, आईएमई पे, लगायतका सेवा प्रदायकहरुलाई पनि प्रणालीमा  आवद्द गरि परिक्षण गर्ने कार्य भईरहेको जनाएको थियो  । परिक्षण सफल भएसंगै अन्य सेवा प्रदायकलाई पनि प्रणालीमा थपिएको हो। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved