'सनराइज ब्लुचिप फण्ड' मा आवेदन दिने म्याद थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2021 | 08:37:57 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज क्यापिटल Sunrise Capital  ले चैत्र १ गतेदेखि निष्काशन गरेको 'सनराइज ब्लुचिप फण्ड' नामको सामुहिक लगानी कोष योजनाको इकाईमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले म्याद थप गरि चैत्र १६ गतेसम्म आवेदन दिन सकिने जनाएको हो । सो समय अगावै पर्याप्त आवेदन परेमा सो भन्दा अघि नै सार्वजनिक सूचना निकालेर बिक्रि बन्द गरिने क्यापिटलले जनाएको छ । 

क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि  'सनराइज ब्लुचिप फण्ड' नामको म्युचुअल फण्डको इकाई निष्काशन गरेको हो । क्यापिटलले प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई बराबरको १ अर्ब रुपैयाँ बराबरको योजना संचालन गर्न इकाई निष्काशन गरेको हो। जस मध्ये न्युनतम १ करोड ५० लाख इकाई वा कुल बिक्रि भएको इकाईको १५ प्रतिशत कोष प्रबर्दक सनराइज बैंकको लागि छुट्याईएको छ । बाँकि रहने ८ करोड ५० लाख इकाईको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।  

आवेदन दिँदा न्युनतम १ सय इकाई र अधिकतम १ करोड इकाईको लागि दिन सकिने छ । इच्छुक लगानीकर्ताले मेरोशेयर अनलाइन तथा सीआश्वा अनुमति प्राप्ति बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् ।  क्यापिटलले हाल सनराइज फर्स्ट म्युचुअल फण्ड संचालन गरिरहेको छ । 

इकाई निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved