टेलिकमको संचालकमा अम्बिका पौडेल निर्विरोध चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2021 | 09:43:56 AM मा प्रकाशित

laxmi  sunrise bank

लगानीकर्ता अम्बिका प्रसाद पौडेलले नेपाल टेलिकम Nepal Doorsanchar Company  को संचालक पदमा निर्बिरोध चयन भएका छन्  । टेलिकमको संचालक समितिको निर्वाचनको लागि मनोनयनपत्र दर्ता गर्ने दिन बिहिबार पौडेलको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध संचालक पदमा चयन हुने भएका हुन्  ।

निर्वाचन कार्य तालिका अनुसार चैत्र ८ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम छ। चैत्र १३ मा हुने कम्पनीको साधारणसभाले उनको चयनलाई अनुमोदन गर्ने छ  । 

 उनले कम्पनीको व्यावस्थापन र सरकारी निकायहरुबाट प्रतिनिधित्व गर्ने संचालक बीच समन्वय कायम गर्दै आफ्नो लगानी सम्बन्धि ज्ञान अनुभव र बुद्धि विवेकको उच्चतम प्रयोग गरी नेपाल टेलिकमलाई उत्कृष्ट सेवा प्रदायक, उत्कृष्ट नाफा गर्ने कम्पनी र लगानीकर्ताहरूलाई दिने प्रतिफलमा समेत अब्बल बनाउनको लागि समन्वयकारी भूमिका निभाउने प्रतिबद्धता ब्यक्त गरेका छन्।

टेलिकममा नेपाल सरकारको ९१.४९ प्रतिशत , सर्वसाधारण शेयरधनीहरु र कर्मचारीहरुको ८.४८ प्रतिशत र नागरिक लगानी कोषको ०.०३ प्रतिशत स्वामित्व छ । १५ अर्ब चुक्ता पूँजी भएको यो कम्पनीको असार मसान्त सम्मको सञ्चित मुनाफा ७८ अर्ब भन्दा बढी रहेको छ भने स्थिर सम्पत्तिको हिसावले सबैभन्दा धनी कम्पनी हो ।

नेपाल टेलिकमले आफ्नो पूँजी र सञ्चित मुनाफा र स्थिर सम्पत्तिलाई सही किसिमले परिचालन गर्न सकेको खण्डमा सरकारलाई सबै भन्दा बढी राजश्व दिने,कर्मचारीहरुलाई सबै भन्दा बढी वोनस दिने र लगानीकर्ताहरुलाई सबै भन्दा बढि प्रतिफल दिने र पुँजीबजारको सबै भन्दा उत्कृष्ट सुचिकृत कम्पनी हुन सक्ने पौडेलको दाबी छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved