समीट लघुवित्तले एफपिओ निष्काशन गर्ने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2021 | 12:51:30 PM मा प्रकाशित

laxmi  sunrise bank

समीट लघुवित्तले एफपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले एफपिओ निष्काशन प्रस्ताव सहित साधारणसभा आह्वान गरेको हो । 

कम्पनीले चैत्र २९ गते तनहुँको आबुंखैरेनी रेस्टुरेन्ट तथा पार्टी प्यालेसमा  सभा आह्वान गरेको हो । सभामा  एफपिओ सहितका विशेष प्रस्ताव पेश हुने छन् । कम्पनीले सजिलो लघुवित्त र समीट मर्ज भएपछि संस्थापक र सर्बसाधारण लगानीकर्ताको शेयर अनुपात मिलाउनको लागि कम्पनीले एफपिओ निष्काशन गर्न लागेको हो। जस अनुसार कम्पनीले ६ लाख कित्ता एफपिओ निष्काशन गर्न प्रस्ताव गरेको हो । साधारणसभाले  पारित गरेपछि एफपिओ निष्काशन प्रक्रिया अगाडी बढ्ने छ। 

त्यस्तै सभामा मर्जर तथा प्राप्तिको लागि निर्णय गर्ने र आवश्यक कार्य गर्नको लागि सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने, संचालक समितिको सेवा सुविधा परिमार्जन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भएमा त्यसको अख्तियारी संचालक समितिलाई दिने, मर्जर सम्बन्धि खर्च अनुमोदन गर्ने,  लगायतका प्रस्ताव पेश हुने छन् 

त्यस्तै सभामा  अध्यक्षको प्रतिवदन पेश गर्ने, लेखापरिक्षकको प्रतिवेदन र अन्य वित्तीय विवरणहरु पेश गर्ने, लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, र संस्थापक समुहको ४ जना र सर्बसाधारण समुहको २ जना गरि ६ संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १७ देखि साधारणसभा नहुँदा सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved