कति कायम भयो नागरिक लगानी कोषले लिलाममा ल्याएको हकप्रदको कट अफ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2021 | 01:18:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोष Citizen Investment Trust  लिलाममा ल्याएको शेयरको प्रारम्भिक कट अफ मूल्य ३५०४ कायम भएको छ । बिक्रि प्रबन्धक आरबिबि मर्चेन्टले शनिवार लिलाममा परेको बोलपत्र खोलेको हो । 

जस अनुसार प्रारम्भिक कट अफ मूल्य ३५०४ कायम भएको मर्चेन्टले  जनाएको छ ।  यद्यपि यो प्रारम्भिक कट अफ मूल्य भएको र चेकहरु भेरिफाई भएपछि मात्र अन्तिम कट अफ मूल्य आउने छ । अन्तिम कट अफ मूल्य अहिले आएको प्रारम्भिक कट अफ मूल्य भन्दा फरक हुन सक्ने मर्चेन्टले प्रष्ट पारेको छ । अन्तिम कट अफ मूल्य आउँन १-२ दिन लाग्ने कम्पनीले जनाएको छ ।

क्यापिटलका अनुसार यस लिलामीको शेयरमा ६३५४ वटा आवेदन परेका थिए । अधिकतम विड ४ सय ४ सय ४४ रुपैयाँमा परेको थियो। 

कोषले  फागुन २१ गतेदेखि  चैत्र २ गतेसम्म  हकप्रदमा अवितरित ३ लाख ५४ हजार १ सय ५० दशमलव ०५ कित्ता शेयर लिलाममा ल्याएको थियो । यी सबै सर्बसाधारण समुह तर्फका शेयर थिए ।

 कम्पनीले  पुष २८ गतेदेखि  माघ १९ गतेसम्म १ः०.८२८४ का दर (८२.८४) प्रतिशतका दरले  १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये रितपुर्वक आवेदन दिने १२ हजार ६ सय ४० जनालाई १ करोड ३२ लाख ३८ हजार ३ सय ७८ दशमलव ९५ कित्ता शेयर बाँडफाँड भएको थियो । बाँकि रहेको शेयर लिलाममा आएको हो ।  

   हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved