किसान लघुवित्तले हकप्रद निष्काशन गर्ने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2021 | 02:58:24 PM मा प्रकाशित

laxmi  sunrise bank

किसान लघुवित्त (साविकको एनआरनएन) लघुवित्तले हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १:१ अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन प्रस्ताव सहित साधारणसभा आह्वान गरेको हो । 

कम्पनीले चैत्र २९ गते कैलाली स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो । सभामा  संचालक समितिको भत्ता र सुविधा संशोधन गर्ने, प्रबन्धपत्र र नियमावलीमा  संशोधन गर्ने, नियामक निकायबाट नियमावली र प्रबन्धपत्रमा थप संशोधन गर्न निर्देशन भएमा सो को अख्तियारी संचालक समितिलाई दिने, मर्जर सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने र हकप्रद निष्काशन सम्बन्धि विशेष प्रस्ताव पेश हुने छ । 

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन पेश गर्ने,  लेखापरिक्षकको प्रतिवेदन र अन्य वित्तीय विवरणहरु पेश गर्ने, लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने साधारण प्रस्ताव पेश हुने छ । 

कम्पनीले लाभांश प्रस्ताव गरेको छैन 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved