मर्जरपछि वोमी लघुवित्तको ५ लाख कित्ता शेयर सुचिकृत, शेयर कारोबार फुकुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2021 | 04:08:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा वोमी लघुवित्त Womi Microfinance Bittiya Sanstha  को शेयर सुचिकृत भएको छ  । वोमी लघुवित्त र ग्रामिण स्वयंसेवक लघुवित्त मर्ज भएपछि ग्रामिण लघुवित्ततर्फको ५ लाख ७ हजार ४ सय २० कित्ता शेयर सुचिकृत भएको हो  ।

वोमी लघुवित्तको यस अघि नै ३६ लाख १२ हजार २४ कित्ता शेयर सुचिकृत भएकोमा आज सुचिकृत थप शेयरपछि कम्पनीको सुचिकृत शेयर संख्या ४१ लाख १९ हजार ४ सय ४४ कित्ता पुगेको छ  । शेयर सुचिकृत भएसंगै वोमीको रोक्का भएको शेयर कारोबार पनि फुकुवा भएको छ  ।  

वोमी लघुवित्तले सर्लाहीमा रहेको ग्रामिण स्वयंसेवक लघुवित्तलाई गाभेपछि चैत्र ३ गतेबाट एकिकृत कारोबार सुरु भएको थियो । मर्जर पश्चात वोमी लघुवित्तको नामबाट एकिकृत कारोबार भएको हो ।  

दुवै संस्थाको पुस २८ गतेको साधारणसभाले गाभ्ने र गाभिने विशेष प्रस्ताव पारित गरेका थिए ।  दुई संस्था १:१ को स्वापमा मर्ज भएका हुन् । मर्ज पश्चात कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको साँगामा रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved