सेयर बजारबारे धमाधम तालिम दिँदै प्रभु क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2021 | 05:20:57 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु क्यापिटल Prabhu Capital ले गते काठमाण्डौ मण्डिखाटार स्थित इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस) मा शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम सञ्चालन गरेको छ । तालिममा २० जना कर्मचारीहरुको सहभागीता रहेको थियो । 

यसैगरी क्यापिटलले कालिकास्थानमा रहेको प्लाटिनम कलेजका विविए संकाय अन्तरगतका विद्यार्थीहरुको लागि शेयर बजार सम्बन्धी ३ दिने आधारभूत तालिम कार्यक्रम शुरुवात गरेको छ । चैत्र ८ गतेबाट चैत्र १० गते सम्म ३ दिन चल्ने सो तालिमको पहिलो दिन आज नेपालको पूँजी बजार सम्बन्धी आधारभूत तालिम तथा प्राथमिक एवं दोश्रो बजारमा लगानी गर्नका लागि जान्नु पर्ने विषयका बारेमा तालिम दिइएको थियो ।

चैत्र ९ गते लगानी रणनीति तथा जोखिम व्यवस्थापनको बारेमा तथा चैत्र १० गते आधारभूत तथा प्राविधिक विश्लेषणको बारेमा तालिम सञ्चालन गरिने कार्यतालिका रहेको छ । सो तालिम कार्यक्रममा सो कलेजमा विविए संकायमा अध्ययनरत ६० जना विद्यार्थीहरुको सहभागीता छ । 

आइआइडिएसमा सञ्चालन गरिएको तालिमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले गरेका थिए । प्लाटिनम कजेलको तालिम कार्यक्रममा पहिलो दिन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले, चैत्र ९ गते प्रमुख लगानी अधिकृत दुर्गानन्द झा र चैत्र १० गतेको तालिम रिसर्च हेड अविरल नेपालले सञ्चालन गर्ने कार्यतालिका रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved