३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कसको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2021 | 08:30:33 AM मा प्रकाशित

laxmi  sunrise bank

आज चैत्र ९ गते सोमबार ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज शांग्रिला डेभलपमेन्ट बैंक, महुली लघुवित्त र डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । यी ३ कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १० गते बुक क्लोज गर्ने निर्णय गरेकोले चैत्र ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् 

शांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  ले चैत्र २३ गते लैनचौर स्थित लैनचौर ब्यांक्वेटमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने १३ करोड ३ लाख ३२ हजार २० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशतले हुन आउने  ६८ लाख ५९ हजार ५ सय ८० रुपैयाँ बराबरको नगद लाभांश गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ। हाल बैंकको चुक्ता पूँजी २ अर्ब ६० करोड ६६ लाख रुपैयाँ छ ।  

त्यस्तै सभामा  प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट प्रबन्धपत्र र नियमावलीमा  थप निर्देशन भएमा सोहि अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने, र मर्जर तथा एक्विजिसनबारे आवश्यक निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पेश हुने छन्।

साधारण प्रस्ताव अन्तर्गत अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन तथा अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, र बांकी अवधिको लागि गरिएको संचालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पेश हुने छ । 

त्यस्तै महुली लघुवित्तले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशतल हुन आउने ३ करोड ७३ लाख २४ हजार बराबरको बोनस शेयर र १.०५  प्रतिशतले हुन आउने १९ लाख ५९ हजार ५ सय १० रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी १८ करोड ६६ लाख २० हजार रहेको छ ।

कम्पनीले चैत्र २५ गते सप्तरी स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको छ । कम्पनीले  सभामा प्रिमियममा एफपिओ निष्काशन गर्ने विशेष प्रस्ताव लैजाने छ । त्यस्तै सभामा  कम्पनीको प्रबन्धपत्र र नियमावली आवश्य संशोधन गर्ने, नियामक निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएमा सोहि अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने, गाभ्ने वा गाभिने समबन्धि निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने, संस्थाको केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने लगायतका विशेष प्रस्ताव पेश हुने छन् ।  सभामा अध्यक्षको प्रतिवेदन पेश गर्ने, लेखापरीक्षक प्रतिवेदन पेश गर्ने, चालु आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, र संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्बसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छ । 

डिप्रोक्स लघुवित्त Deprosc Laghubitta Bittiya Sanstha ले  चैत्र २० गतेको लागि साधारणसभा आह्वान गरेको छ। कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved