सनराइजको ब्लु चिप फण्डमा १ अर्ब २३ करोडको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2021 | 09:33:52 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज क्यापिटल Sunrise Capital  ले बिक्री खुला गरेको सनराइज ब्लूचीप फन्ड योजनामा १ अर्ब २३ करोड ७५ लाख ८० हजार ४०० रुपैयाँ बराबरको आवेदन परेको छ । फन्ड म्यानेजर सनराइज क्यापिटलका अनुसार आइतबार (चैत्र ८ गते) साँझ ५ः०० बजेसम्म ५६ हजार ८० जना आवेदकहरुले आवेदन दिएका छन् ।

सो मध्ये करिब १२ प्रतिशत आवेदनको सि  आश्वा बैंकमार्फत रुजु हुन बाकी रहेको र हालसम्म करिब ५ प्रतिशत आवेदन भने रद्द भएको क्यापिटलले जनाएको छ । क्यापिटलले चैत्र १ गतेदेखि सन्राइज म्युचुअल फन्ड अन्तर्गत १० करोड इकाई बिक्री खुल्ला गरेको थियो ।

जस मध्ये कुल ईकाईको १५% अर्थात १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक सनराइज बैंकलाई सुरक्षित राखिएको छ  । बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरिएको हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ इकाई बिक्रीमा ल्याएको थियो । यो दश वर्षे बन्दमुखी योजना रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved