वीरगञ्ज र हेटौडामा नेप्सेको सचेतना कार्यकम, लगानीकर्ताले गरे क्षेत्रिय ब्रोकरको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2021 | 09:53:39 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्स नेप्से तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले संयुक्त रुपमा वीरगञ्ज र हेटौंडामा पूँजीबजार सम्बन्धी लगानीकर्ता सचेतना कार्यकम  आयोजना गरेका छन्  । चैत्र ७ गते प्रदेश नं २ को वीरगञ्ज र ८ गते प्रदेश नं ३ को हेटौंडामा  कार्यकम गरिएको सिडिएसले जनाएको छ  । 

नेप्से संचालक समितिका अध्यक्ष लक्ष्मण न्यौपाने, संचालक समितिका सदस्य लक्ष्मी प्रसाद महर्जन, नेप्सेका प्रमुख कार्यकारी अधिकृत तथा सिडिएससिका अध्यक्ष चन्द्र सिंह साउद र सिडिएससिका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले कार्यक्रमलाई सम्बोधन गर्दै लगानीकर्ताहरुले राखेको जिज्ञाशा तथा प्रश्नहरुको जवाफ दिएका थिए । 

कार्यक्रममा नेप्सेको अनलाईन सिस्टम सम्बन्धी विस्तृत जानकारी दिनुका साथै सिडिएससिको राफसाफ सेवा, मेरो शेयरको प्रयोग तथा अन्य सेवा सम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको थियो ।  लगानीकर्ताहरुले क्षेत्रिय रुपमा ब्रोकरहरुको शाखा खोल्न माग गरेका थिए । 

कार्यक्रमको सह आयोजकको रुपमा स्थानीय शाखा रहेका ब्रोकर नं १६, ५८, ३७ र ५४ तथा नेपाल पँुजी बजार लगानीकर्ता संघ रहेका थिए  ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved