सिंगटी हाइड्रोको आईपिओ भर्ने आज अन्तिम दिन, हालसम्म कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2021 | 08:12:45 AM मा प्रकाशित

laxmi  sunrise bank

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज चैत्र १० गते अन्तिम दिन रहेको छ । कम्पनीले चैत्र ६ गतेदेखि सर्बसाधारणको लागि  एक सय रुपैयाँ अंकित दरका २९ लाख कित्ता शेयर सर्बसाधारणको लागि निष्काशन गरेको हो ।

  जस मध्ये २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ ।  बाँकि रहेको २६ लाख ९७ हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।   आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि दिन सकिने छ ।

कम्पनीको आइपिओमा सोमबार (तेस्रो दिन)सम्म ७ गुणा बढीको आवेदन परेको छ  कम्पनीको आईपिओमा सोमबार बेलुका ६ बजेसम्ममा १२ लाख ४४ हजार १ सय २८ जना आवेदकले १ करोड ९३ लाख ७१ हजार १ सय कित्ताको लागि आवेदन परेको छ   यो माग भन्दा ७.१८ गुणा बढी हो 

  शेयर निष्काशनको लागि मेगा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यस अघि  आयोजना प्रभावित स्थानीयलाई १४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ । 

यो पनि : सिंगटी हाइड्रो आईपिओ रिभ्यु: आयोजना निर्माण सम्पन्न, यसै वर्ष ११ करोड ६३ लाख नाफा लक्ष्य

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved