उन्नति सहकार्य लघुवित्तले १ करोड ३७ लाख बराबरको एफपिओ जारी गर्ने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2021 | 09:02:50 AM मा प्रकाशित

laxmi  sunrise bank

उन्नति सहकार्य लघुवित्तले एफपिओ निष्काशन गर्ने प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र ३१ गते मंगलबार रुपन्देहीको होटेल पौवामा  सभा आह्वान गरेको हो । 

सभामा कम्पनीले संस्थापक र सर्बसाधारण शेयरधनीको हिस्सा ७०:३० कायम गर्न एफपिओ निष्काशन गर्ने विशेष प्रस्ताव लैजाने भएको हो । जस अनुसार कम्पनीले १ करोड ३७ लाख २८ हजार बराबरको एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेको हो । 

त्यस्तै कम्पनीले लाभांश प्रस्ताव पनि सभामा पेश गर्ने छ । कम्पनीले  आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको १७.८१०३८७२१ प्रतिशतले हुन आउने २ करोड ६६ लाख ३३ हजार ५६ रुपैयाँ ३८ पैसा बराबरको बोनस शेयर  वितरण गर्ने प्रस्ताव गरेको हो  । हाल कम्पनीको चुक्ता पुँजी १४ करोड ९५ लाख ३६ हजार ६ सय ५० रुपैयाँ रहेको छ।    कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । 

बोनस र एफपिओपछि कम्पनीको चुक्ता पुँजी १८ करोड ९८ लाख ९७ हजार ७ सय ६ रुपैयाँ पुग्ने छ । सोहि अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव सभामा पेश हुने छ । कम्पनीले अधिकृत पुँजी ३८ करोड कायम गर्ने प्रस्ताव गरेको छ ।  

सभामा प्रबन्धपत्र र नियमावलिई संशोधन गर्ने, नियामक निकायबाट थप फेरबदलको लागि निर्देशन भएमा सो को अख्तियारी संचालक समितिलाई दिने, अन्य संस्थासँग मर्ज हुने वा गाभिने निर्णय गर्ने र त्यस समबन्धि आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने, मर्जपछि भएको एकिकृत कारोबार अनुमोदन गर्ने, लगायतका प्रस्ताव पेश हुने छन् ।  

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन र अन्त वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने र संस्थापक समुहका ४ जना तथा सर्बसाधारण समुहक  २ जना गरि ६ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले  चैत्र १७ गतेसम्म  कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved