४ वटा ब्रोकरले पाए थप शाखा खोल्ने स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2021 | 11:08:23 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले ४ वटा ब्रोकरलाई शाखा खोल्नको लागि स्वीकृति प्रदान गरेको छ । बोर्डले अहिले ब्रोकरले खोलेका शाखा (आरडब्लुएस- रिमोट वर्किंग स्टेशन) कै अवधारणामा शाखा खोल्नका स्वीकृति प्रदान गरेको हो 

बोर्डले १ करोड पुँजी बराबर एउटा शाखा खोल्न सक्ने गरि स्वीकृति प्रदान गरेको स्रोतले जनाएको छ । अर्थात् यदि कुनै ब्रोकरको २ करोड पुँजी भएमा उसले २ वटा शाखा खोल्न सक्ने छ। 

शाखा खोल्नको लागि स्वीकृति पाउनेमा ३४ नम्बर ब्रोकर भिजन सेक्युरिटी, ३६ नम्बर ब्रोकर सेक्युर्ड सेक्युरिटिज, ब्रोकर नम्बर ५७ आर्यतारा र थप एउटा ब्रोकर रहेको छ । 

नोट: यस अघिको समाचारमा ब्रोकरको संख्या ४ हुनु पर्नेमा ५ भएकोले सच्च्याईएको छ । -सम्पादक 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved